नियम ८
नाबालकको नाममा साधारण राहदानी जारी गर्न सक्ने
नाबालकको नाममा साधारण राहदानी लिनको लागि कसैले निवेदन नदिएको भए तापनि ऐनको दफा १० को उपदफा (३) को खण्ड (क) को अतिरिक्त देहायको - अवस्थामा विभागले नाबालकको नाममा साधारण राहदानी जारी गर्न सक्नेछ :-
(क) दीर्घ रोगी भई स्वदेशमा उपचार हुन नसक्ने अनाथ नाबालकको हकमा विदेशी संस्था वा व्यक्तिले विदेशमा निःशुल्क उपचार गरी नेपाल फर्काइ दिने प्रतिबद्धता पत्र र विदेशस्थित सम्बन्धित मुलुक हेर्ने नेपाली नियोगको सिफारिस सहित अनुरोध गरेमा,
(ख) अनाथ नाबालकको हित तथा संरक्षणका लागि प्रचलित कानून बमोजिम स्थापना भएका संस्थाले त्यस्ता नाबालकको शारीरिक, मानसिक, बौद्धिक, शैक्षिक, चारित्रिक बा नैतिक विकासको लागि विदेशमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाई स्वदेश फर्काउने प्रतिबद्धता सहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सिफारिस सहित अनुरोध गरेमा,
(ग) प्रचलित कानून बमोजिम दर्ता भएको शैक्षिक तथा खेलकृद सम्बन्धी संस्थाले कुनै नाबालकलाई विदेशमा आयोजना हुने बौद्धिक, शैक्षिक, प्रशिक्षण, खेलकुद वा अन्य कुनै प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागिता जनाउन वा शैक्षिक भ्रमणमा लैजान चाहेमा त्यस्ता नाबालकलाई स्वदेश फर्काउने प्रतिबद्धता र नेपाल सरकारको सम्बन्धित मन्त्रालयको सिफारिस सहित अनुरोध गरेमा,
(घ) नाबालकको बाबु, आमा, संरक्षक वा माथवर विदेशमा रहेको भनी सम्बन्धित स्थानीय तहबाट सिफारिस सहित अनुरोध गरेमा ।