दफा
नाम दर्ता अधिकारी
(१) आयोगले यस ऐनको अधीनमा रही निर्वाचनका लागि मतदाताको नाम तथा अन्य आवश्यक विवरण सङ्कलन गर्न, मतदाता नामावली तयार वा अद्यावधिक गर्न र तत् सम्बन्धमा आवश्यक अन्य सबै काम गर्नका लागि प्रत्येक जिल्लामा एकजना प्रमुख नाम दर्ता अधिकारी र आवश्यकता अनुसार नाम दर्ता अधिकारी तथा सहायक नाम दर्ता अधिकारी तोक्न सक्नेछ ।
(२) आयोगले उपदफा (१) बमोजिमको कार्य सम्पादन गर्नका लागि नाम दर्ता अधिकारीलाई सहयोग पुर्याउन नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा सामुदायिक विद्यालयका शिक्षकलाई खटाउन वा काममा लगाउन सक्नेछ।
(३) नाम दर्ता अधिकारीको कार्यालय आयोगले तोकेको स्थानमा रहनेछ ।