नियम ८
नाम दर्ता गराउन दरखास्त दिने
(१) ऐनको दफा १३ बमोजिम पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रुपमा नाम दर्ता गराउन चाहने व्यक्तिले नाम दर्ता, गर्ने निकायमा अनुसूची- १ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको दरखास्त साथ देहायका कागजात संलग्न गर्नु पर्नेछ:-
(क) ऐनको अनुसूचीमा _ उल्लेख भए बमोजिमको योग्यताको आफैँले प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि,
(ख) नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि,
(ग) गैर नेपाली नागरिक भए राहदानी वा निजको परिचय खुल्ने सरकारी निकायबाट जारी भएको परिचयपत्र,
(घ) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी कार्यरत स्थानीय तहको सम्बन्धित वडा कार्यालयले निजको कार्य अनुभवका सम्बन्धमा प्रमाणित गरेको पत्र,
(ङ) अनुसुची-२ बमोजिम दस्तुर बुझाएको रसिद ।