नियम
नाम दर्ता गराउन निवेदन दिनु पर्ने
(१) कुनै गैर आवासीय नेपाली वा निजको परिवारले गैर आवासीय नेपालीको हैसियतमा आफ्नो नाम दर्ता गराउन चाहेमा विदेशमा भए कुनै नियोग प्रमुख समक्ष र नेपालभित्र भए सचिव समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा अनुसूची–२ बमोजिमको दस्तुर संलग्न गर्नु पर्नेछ ।