नियम ७
नाम दर्ता गराउने सम्बन्धी कार्यविधि
(१) आफ्नाे सुरक्षाको लागि समितिमा नाम दर्ता गराउन चाहने स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले ऐनको दफा ७ को उपदफा (२) बमोजिमको कागजात र निवेदन दस्तुर वापत पाँच सय रुपैयाँ संलग्न गरी अनुसूची–१ बमोजिमको ढाँचामा समिति समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जाँचबुझ गर्दा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको नाम दर्ता गराउन मनासिव देखिएमा समितिले त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको नाम क्रमशः अनुसूची–२ र अनुसूची–३ बमोजिमको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दर्ता भएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको नामावली समितिले अद्यावधिक गरी राख्नु पर्नेछ ।