नियम ११
नाम दर्ताको निर्णय
(१) नाम दर्ता गर्ने निकायले नियम १० बमोजिमको परीक्षामा उत्तीर्ण भएका दरखास्तवालाको नाम पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रूपमा दर्ता गर्ने निर्णय गर्नेछ।

(२) उपनियम (१) बमोजिमको निर्णय गर्दा गैरनेपाली नागरिकको हकमा बढीमा एक वर्षको लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रूपमा काम गर्न पाउने गरी नाम दर्ता गर्ने निर्णय गर्न सकिनेछ।

(३) उपनियम (२) बमोजिम अवधि तोकी नाम दर्ता गराएको गैरनेपाली नागरिकले सो अवधि समाप्त भएपछि पुनः आफ्नो नाम दर्ता गराउन चाहेमा पुनः नाम दर्ताको लागि दरखास्त दिनु पर्नेछ।

(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए जाए जा सगणगानरी छाए ठदौँशालला छाए ठा एलाएरपणा सना पशु सेवा व्यवसाय गरिरहेका व्यक्तिलाई ऐनको दफा १७ बमोजिमको शैक्षिक योग्यता तथा अनुभवको आधारमा नाम दर्ता गर्ने निकायले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रूपमा श्रेणी निर्धारण गरी नाम दर्ता गर्न सक्नेछ।