दफा १२
नाम दर्ताको लागि दरखास्त दिने
(१) परिषद्मा नाम दर्ता गराउन चाहने व्यक्तिले तोकिए
बमोजिमको ढाँचामा परिषद्समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत पशु चिकित्सा व्यवसाय गरिरहेका व्यक्तिले यो ऐन
प्रारम्भ भएको मितिले छ महिनाभित्र परिषद् समक्ष नाम दर्ता गराउनका लागि उपदफा (१)
बमोजिम दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम नाम दर्ता गराउन दरखास्त दिने व्यक्तिले दरखास्त
साथ आफूले प्राप्त गरेका प्रमाणपत्र, उपाधि तथा तत्सम्बन्धी अन्य कागजात र तोकिए
बमोजिमको दस्तुर संलग्न गर्नु पर्नेछ ।