दफा २२
नाम फिर्ता लिने
(१) कुनै उम्मेदवारले उम्मेदवारको नामावलीबाट आफ्नोनाम हटाउनको
लागि नाम फिर्ता लिन चाहेमा दफा ६ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र निर्वाचन अधिकृतलाई लिखित सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको प्रतिनिधिले दाखिला गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना निर्वाचन अधिकृत समक्ष दाखिला भैसकेपछि त्यस्तोसूचना बदर गर्न वा फिर्ता लिन पाइने छैन ।
(४) उपदफा (१) वा (२) बमोजिम दाखिला भएको सूचनाको सत्यतामा निर्वाचन अधिकृत विश्वस्त भएमा त्यस्तो उम्मेदवारको नाम उम्मेदवारको नामावलीबाट हटाउनु पर्नेछ । यसरी नाम हटाइएको सूचना निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।