दफा २३
नाम फिर्ता लिने
(१) कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको नामावलीबाट हटाउनको लागि नाम फिर्ता लिन चाहेमा दफा ५ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र निर्वाचन अधिकृतलाई लिखित सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना उम्मेदवार आफैंले वा निजको प्रतिनिधिले दाखिला गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना निर्वाचन अधिकृत समक्ष दाखिला भईसकेपछि त्यस्तोसूचना बदर गर्न वा फिर्ता लिन पाउने छैन ।
(४) उपदफा (१) बमोजिम दाखिला भएको सूचनाको बारेमा निर्वाचन अधिकृत विश्वस्त भएमा नाम फिर्ता लिने उम्मेदवारको नाम उम्मेदवारको नामावलीबाट हटाउनु पर्नेछ र नाम हटाइएको सूचना निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गर्नेछ ।
(५) कुनै दलको तर्फबाट उम्मेदवारी दिएको कुनै उम्मेदवारको सम्बन्धमा त्यस्तो दलको दफा १८ को उपदफा (१) बमोजिम तोकिएको पदाधिकारीले निजको नाम फिर्ता लिने गरी निर्वाचन अधिकृतलाई दफा ५ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र लेखी पठाएमा निजलाई उम्मेदवारकोरुपमा कायम राखिने छैन ।