दफा ११क
निःशुल्क उच्च शिक्षाको लागि अनुदान दिने
(१) विश्वविधालय वा मातहतका आङ्गिक तथा सामुदायिक शैक्षिक संस्थामा भर्ना भएका दलित, अपाङ्ग र आर्थिक रूपले विपन्न विद्यार्थीलाई लाग्ने अध्ययन शुल्क बापतक्को रकम आयोगले निज अध्ययनरत शिक्षण संस्थामा अनुदानको रूपमा उपलब्ध गराउनेछ ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि आधार, मापदण्ड, बर्गीकरण तथा अन्य व्यवस्था नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा रहेका विद्यार्थीहरूको: लागि अध्ययन शुल्क बापतको रकम शिक्षण संस्थालाई उपलब्ध गराइने छैन :-
(क) अध्ययन गर्न छोडेका,
(ख) अध्ययन संकाय परिवर्तन गरेका,
(ग): तोकिएको हाजिरी प्रतिशतभन्दा कम हाजिर भएका,
(घ। लगातार दुई वर्षसम्म अनुत्तीर्ण भएका,
(ङ) झुट्टा विवरण पेश गरेका, वा
(च) अन्य शिक्षण संस्थामा निःशुल्क अध्ययन गरिरहेका ।
(३) उपदफा (१) बमोजिम उपलब्ध गराइएको अनुदान उपदफा (२) बमोजिमका विद्यार्थीका लागि छुट्याएको रकम प्रयोग नभएमा सम्बन्धित शिक्षण संस्थाले त्यस्तो रकम आयोगमा फिर्ता पठाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको रकम सम्बन्धित शिक्षण संस्थाले आयोगमा फिर्ता नपठाएमा त्यस्तो शैक्षिक संस्थालाई दिइने जुनसुकै अनुदान आयोगले रोक्रा गर्न सक्नेछ ।