दफा १२
निकासी वा पुन निकासीको लागि स्वस्थता प्रमाणपत्र लिन सक्ने
:– (१) बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट वा लाभदायक कीरा निकासी गर्न चाहने व्यक्ति वा संस्थाले स्वस्थता प्रमाणपत्र लिन सक्नेछ ।
(२) नेपालमा पैठारी गरिएका बिरुवा, बिरुवाजन्य उपज बायोलोजिकल कण्ट्रोल एजेण्ट वा लाभदायक कीरा अर्को देशमा पुन निकासी गर्न चाहने व्यक्ति वा संस्थाले पुन निकासी स्वस्थता प्रमाणपत्र लिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम स्वस्थता प्रमाणपत्र लिन चाहने व्यक्ति वा संस्थाले तोकिए बमोजिमको दस्तुर संलग्न गरी तोकिएको अधिकारी समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम परेको निवेदन उपर आवश्यक जाँचबुझ गर्दा स्वस्थता प्रमाणपत्र दिन उपयुक्त देखिएमा तोकिएको अधिकारीले तोकिए बमोजिमको ढाँचामा स्वस्थता प्रमाणपत्र वा पुन निकासी स्वस्थता प्रमाणपत्र दिनु पर्नेछ ।