दफा ११
निकासी–पैठारी हुने पदार्थको गुणस्तर तोक्न सक्ने
(१) औषधि ऐन, २०३५ बमोजिम स्तर निर्धारण हुने औषधि बाहेक नेपाल भित्र पैठारी हुने अन्य पदार्थको सम्बन्धमा नेपाल सरकारले सर्वसाधारणको स्वास्थ्य र सुरक्षाको लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरी त्यस्तो पदार्थ परिषद्बाट तोकिएको गुणस्तरको हुनु पर्ने गरी तोक्न सक्नेछ ।
(२) नेपालबाट निकासी हुने कुनै पदार्थको सम्बन्धमा अन्तर्राष्ट्रिय व्यापारको प्रवद्र्धनको लागि नेपाल सरकारले आवश्यक देखेमा त्यस्तो पदार्थ परिषद्बाट तोकिएको गुणस्तरको हुनु पर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोक्न सक्नेछ ।