दफा ९१
निक्षेपकर्तालाई तत्काल पेश्की दिन सकिने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लिक्विडेटरले बाध्यात्मक खारेजीको प्रक्रियामा गएको बैंक वा वित्तीय संस्थाको निक्षेपकर्ताहरुलाई निक्षेप वितरणको समयमा हिसाब मिलान हुने गरी पेश्कीको रुपमा प्रति खाता बढीमा एक लाख रुपैयाँसम्म वितरण गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम दिएको पेश्की दफा ९४ बमोजिम भुक्तानी गर्दाका बखत समायोजन गर्नु पर्नेछ ।