नियम ११
निगरानी तथा छड्के जाँच सम्बन्धी व्यवस्था
(१) केन्द्रले भ्रष्टाचार हुन सक्ने सरकारी कार्यालय वा सार्वजनिक संस्थाको काममा नियमित निगरानी राख्न वा छड्के जाँच गर्न सक्नेछ र सो प्रयोजनको लागि केन्द्रमा कार्यरत कुनै कर्मचारीलाई खटाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम केन्द्रबाट खटिई जाने कर्मचारीले आफु लाई सुम्पिएको कार्य सम्पन्न गरेको सात दिनभित्र सो सम्बन्धमा भए गरेको काम कारबाहीको यथार्थ विवरण उल्लेख गरी आफ्नो राय सहितको प्रतिवेदन केन्द्र समक्ष पेश गर्नु पर्नेछ ।