दफा ३क
निजी क्षेत्रलाई हुलाक सेवा संचालन गर्न इजाजत पत्र दिन सकिने
: (१) यस ऐनको अन्य
दफाहरुमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले कुनै व्यक्ति वा संस्थालाई तोकिएको शर्तहरुको अधीनमा रही यस ऐन बमोजिम संचालन हुने हुलाक सेवा संचालन गर्नको निमित्त इजाजतपत्र दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नु पर्ने शर्तहरु वा यो ऐन वा यस ऐन अन्तरगत बनेको नियम विपरीत कुनै काम गरेगराएमा त्यस्तो व्यक्ति वा संस्थाबाट भएको क्षतिको हर्जाना भराई कसूरको मात्रा हेरी पाँच वर्षसम्म कैद वा दुई हजार पाँचसय रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।