नियम ३३
निजी लगानी सम्बन्धी व्यवस्था
: (१) बोर्डले ऐनको दफा ३३ बमोजिम निजी लगानीमा कार्यान्वयन हुन सक्ने परियोजना पहिचान गरी स्वीकृत गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पहिचान भएको परियोजना कार्यान्वयन गर्न इच्छुक लगानीकर्ताले बोर्ड समक्ष निवेदन दिन सक्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लगानीकर्ताले पहिचान नभएको परियोजना कार्यान्वयनको लागि समेत बोर्ड समक्ष निवेदन दिन सक्नेछ।
(४) उपनियम (२) वा (३) बमोजिम परेको निवेदन सम्बन्धमा बोर्डले आवश्यक जाँचबुझ गरी त्यस्तो परियोजना निजी लगानीमा कार्यान्वयन गर्न स्वीकृति दिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम निजी लगानीमा कार्यान्वयन गर्न स्वीकृत गरिएको परियोजना सम्बन्धमा बोर्डले लगानीकर्तालाई विस्तृत परियोजना प्रस्ताव पेश गर्न लगाउन सक्नेछ ।
(६) उपनियम (२),
(३) वा (५) बमोजिम प्राप्त निवेदन वा प्रस्तावको सम्बन्धमा आवश्यकता अनुसार लगानीकर्तासँग वार्ता समेत गरी बोर्डले कुनै शर्त तोकी वा नतोकी निजी लगानीमा परियोजना कार्यान्वयनको सम्झौता गर्न सक्नेछ ।
(७) उपनियम (६) बमोजिम निजी लगानीमा कार्यान्वयन हुने परियोजनाको लगानी स्वीकृत गरी परियोजनाको अध्ययन, सर्वेक्षण, कार्यान्वयन सम्बन्धमा बोर्डले आवश्यक सहजीकरण गर्नु पर्नेछ ।
(८) यसं नियम बमोजिम निजी लगानीमा कार्यान्वयन गरिने परियोजनाको स्वामित्व सम्बन्धी व्यवस्था परियोजनाको प्रकृतिका आधारमा बोर्डले निर्धारण गर्नेछ ।
(९) यस नियम बमोजिम निजी लगानीमा कार्यान्वयन गरिने परियोजनाको सूल्याङ्कगका आधार, निजी लगानीकर्ताको आर्थिक क्षमता, प्राविधिक पक्ष, शेयरधनीको संरचना, विगतको कार्य अनुभव, रोजगारी सिर्जनाका आधार लगायतका विषय परियोजनाको प्रकृति अनुसार बोर्डले निर्धारण गर्नेछ ।