नियम ६१
निजी वन दर्ताको लागि निवेदन
(१) निजी वन दर्ता गराउन चाहने कुनै व्यक्ति वा संस्थाले त्यस्तो निजी वन दर्ता गराउन चाहेको जग्गाको आफ्नो हक भोगको निस्सा प्रमाण संलग्न राखी अनुसूची–२४ बमोजिमको ढाँचामा सम्बन्धित जिल्ला वन कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा जिल्ला वन अधिकृतले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्दा निवेदनमा उल्लेखित जग्गा निजी हक भोगको ठहरिन आएमा त्यस्तो जग्गामा रहेका रुखहरुको जात र संख्या खुलाई सो जग्गा निजी वनको रुपमा दर्ता गरी अनुसूची–२५
बमोजिमको ढाँचामा प्रमाणपत्र दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दर्ता भएको निजी वनको जग्गा धनीले आफ्नो हक भोगको जग्गामा नयाँ वृक्षारोपण गरेकोमा वन पैदावारको जात र संख्या खुलाई लिखित रुपमा सम्बन्धित जिल्ला वन कार्यालयलाई जानकारी दिनु पर्नेछ ।