नियम ६४
निजी वनको लगत कट्टा गर्ने
(१) नियम ६२ बमोजिम दर्ता भएको निजी वन फाड्न चाहने धनीले सो कुराको सूचना जिल्ला वन कार्यालयमा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा जिल्ला वन कार्यालयले त्यस्तो निजी  वनको लगत कट्टा गर्नु पर्नेछ ।