दफा
निजी सवारी
(१) निजी प्रयोगको लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई निजी सवारी भनिनेछ ।
(२) निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन ।
(३) निजी सवारीको पहिचानको लागि सो सवारीको अगाडि तथा पछाडि अनुसूची–२ को खण्ड (ग) मा लेखिए बमोजिमको नम्बर प्लेट राख्नु पर्छ ।