दफा ३८
निजी साँचो नियन्त्रक समक्ष दाखिला गर्नु पर्ने
(१) नेपाल राज्यको सार्वभौमिकता वा अखण्डताको रक्षा गर्न वा मित्रराष्ट्रहरुसँगको मैत्रीपूर्ण सम्बन्धलाई कायम राख्न, शान्ति सुरक्षा कायम राख्न, प्रचलित कानून बमोजिम कसूर ठहर्ने कुनै कार्य हुनबाट रोक्न वा तोकिए बमोजिमको अन्य अवस्थामा नियन्त्रकले कुनै ग्राहकलाई कारण खुलाई निजी साँचो आफु समक्ष दाखिला गर्न आवश्यक ठानी निर्देशन दिएमा त्यस्तो ग्राहकले सो निजी साँचो तुरुन्त नियन्त्रक समक्ष दाखिला गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दाखिला भएको निजी साँचो बारे नियन्त्रकले कुनै पनि अनधिकृत व्यक्तिलाई जानकारी गराउन हुँदैन ।