दफा १६
नियम बनाउने अधिकार
: (१) यो ऐनको उद्दश्य पूर्तिको लागि नेपाल सरकारले नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी खास गरी देहायका विषयहरुमा नियम बनाउन सकिनेछः–
(क) विवाह अधिकारीको नियुक्ति वा अधिकार, काम, कर्र्तव्य र क्षेत्र तोक्ने सम्बन्धमा,
(ख) यस ऐन अन्तर्गत आवश्यक दर्खास्त, दर्ता किताब, प्रमाणपत्रको ढाँचा र सो भर्ने तरीका, र
(ग) दर्खास्त, प्रमाणपत्र तथा अन्य कागजातहरुको नक्कल दिने तथा दस्तुर तोक्ने सम्बन्धमा ।