दफा ३३
नियम बनाउने अधिकार
(१) यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकुल प्रभाव नपारी सो नियमद्वारा खासगरी देहायका कुराको व्यवस्था गर्न सकिनेछः–
(क) … … …
(ख) … … …
(ग) बालीनाली रुखपात तथा अन्य चीज वस्तुको नोक्सानी बापत क्षतिपूर्ति निर्धारण गर्ने आधार,
(घ) … …. …
(ङ) सार्वजनिक सडकपट्टि खुल्ने वा निस्कने गरी कुनै कुराको निर्माण गर्दा वा राख्दा पालन गर्नु पर्ने शर्तहरू,
(च) सार्वजनिक सडकको दाँया बायाँ कुनै ढोका वा बाटो बनाउँदा पालन गर्नु पर्ने शर्त,
(छ) सडक सीमा वा त्यसरी किनारामा बनाइने वा खडा गरिने कुनै किसिमका घर, पर्खाल, ढल, बाटो, खम्बा, लट्ठा आदि बनाउँदा वा खडा गर्दा पालन गर्नु पर्ने कुराहरू,
(ज) सार्वजनिक सडक वा सडक सीमाको माथि वा किनारामा राखिने तार वा अन्य यस्तै चीज वस्तुको उचाइँ र राख्ने तरीका तोक्ने,
(झ) सार्वजनिक सडकमा वा सडक सीमाबाट जाने गरी कुनै ढल बनाउँदा वा पाइप वा तार विछाउँदा अपनाउनु पर्ने कार्यविधि,
(ञ) आवागमनमा बाधा हुने किसिमले सार्वजनिक सडकमा कुनै कार्य गर्ने व्यक्तिको कर्तव्य र निजले गर्नु पर्ने अन्य शर्त ।