दफा १९
नियम बनाउने अधिकार
(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वमान्यतामा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी खासगरी देहायका विषयहरुमा नियम बनाउन सक्नेछ :–
(क) गुणस्तर निर्धारण र प्रकाशन गर्ने,
(ख) इजाजतपत्र वा गुणस्तरको प्रमाणपत्र दिने र इजाजतपत्रको नवीकरणगर्ने,
(ग) निरीक्षक नियुक्ति गर्ने वा तोक्ने र निरीक्षकले निरीक्षण गर्दा अपनाउनु पर्ने कार्यविधिसम्बन्धी व्यवस्था गर्ने,
(घ) इजाजतपत्र वा गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने व्यक्तिसंग गराउनु पर्ने कबूलियत मञ्जूरनामासम्बन्धी व्यवस्था गर्ने,
(ङ) परिषद्को बैठक तथा तत्सम्बन्धी अन्य कार्यविधिको व्यवस्था गर्ने,
(च) प्रशासकीय र आर्थिक मामिला सम्बन्धमा उपयुक्त व्यवस्था गर्ने ।