दफा ७
नियम बनाउने अधिकार
(१) यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी ती नियमहरूमा खास गरेर देहायका विषयमा व्यवस्था गर्न सकिनेछः–
(क) विभिन्न कामको लागि जारी गरिने राहदानीको वर्गीकरण तथा राहदानी सम्बन्धी शर्तहरू,
(ख) राहदानी वापत लाग्ने दस्तुर,
(ग) राहदानीको नवीकरण र तत्सम्बन्धी दस्तुर,
(घ) अन्य आवश्यक कुराहरू ।