दफा ११
नियम र कार्यविधि बनाउने

(१) यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले महालेखापरीक्षकको सल्लाह लिई आवश्यक नियमहरु बनाउन सक्नेछ । (२) महालेखापरीक्षकले यस ऐन बमोजिम गरिने लेखापरीक्षणलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधिहरु बनाई लागू गर्न सक्नेछ ।