अनुसूची
(नियम ३क. को उपनियम (३) सँग सम्बन्धित)
सदस्य–सचिव तोक्ने सम्बन्धमा सिफारिस गर्दा लिइने आधारहरु
१. शैक्षिक योग्यता र तालीम वापत २५ अङ्क
(क) शैक्षिक योग्यता वापत १९ अङ्क
क्र.स. तह श्रेणी
प्रथम द्वितीय तृतीय
१ स्नातक ८ ७ ६
२ स्नातकोत्तर ६ ५ ४
३ अतिरिक्त शैक्षिक योग्यता पिएच.डी – ५
(ख) तालीम वापत ६ अङ्क
प्रथम श्रेणीः ६ अङ्क
द्वितीय श्रेणीः ५ अङ्क
तृतीय श्रेणीः ४ अङ्क
२. अनुभव वापत २० अङ्क
परिषद्को अधिकृत प्रथम श्रेणीको पदमा काम गरे वापत प्रत्येक वर्षको लागि २.५ अङ्कको दरले बढीमा २० अङ्क दिइनेछ ।
३. परिषद्को व्यावसायिक कार्ययोजना वापत २० अङ्क
क्र.स. विषयवस्तु अङ्कभार
१. विद्यमान अवस्था २
२. विद्यमान अवस्थामा रहनुको कारण र त्यसको विश्लेषण २
३. विद्यमान अवस्थामा देखिएका समस्या, कमी कमजोरी, अवसर र
चुनौतीहरुको गहन विश्लेषण (SWOT Analysis) ३
४. रणनैतिक सुधार गर्नु पर्ने क्षेत्रहरुको पहिचान ३
५. सुधार कार्ययोजना १०
(क) गुणस्तरीय सेवा एवं सेवाको प्रभावकारिता
(ख) सम्पत्ति आर्जन एवं उपयोग
(ग) परिषद्को नियमन कार्य
(घ) आङ्गिक संस्थाहरुको सुदृढीकरण
(ङ) प्राविधिक शिक्षा एवं व्यावसायिक तालीमको विकास र विस्तार
(च) परिषद् तथा सम्बद्ध संस्थाहरुको पारदर्शिता एवं जवाफदेहिता
(छ) सुधारका अन्य विषयहरु
४. कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता वापत ३५ अङ्क
क्र.स. विषयवस्तु अङ्कभार
१. प्रस्तुति ३
२. विषयवस्तुको ज्ञान (कार्ययोजना र प्रस्तुतिको सामान्जस्यता) ६
३. संस्थागत सुधारका कार्यहरुमा स्पष्टता र विश्लेषण क्षमता १३
४. प्रस्तुतिको शैली, भाषा, आत्मविश्वास र व्यक्तित्व ७
५. अभिव्यक्तिको स्तर, तार्किक क्षमता र वस्तुनिष्ठता ६
जम्मा ३५
द्रष्टव्यः
(१) परिषद्को सेवासँग सम्बन्धित विषयको शैक्षिक योग्यतालाई मात्र अङ्क दिइनेछ ।
(२) शैक्षिक योग्यताको श्रेणी नखुलेको भए द्वितीय श्रेणीको अङ्क दिइनेछ ।
(३) अतिरिक्त शैक्षिक योग्यता वापत माथिल्लो कुनै एक शैक्षिक योग्यताको मात्र अङ्क दिइनेछ ।
(४) परिषद्को सेवासँग सम्बन्धित विषयमा लिएको कम्तीमा तीस कार्य दिनको तालीम वापत मात्र अङ्क दिइनेछ ।
(५) तालीमको श्रेणी नखुलेको भए द्वितीय श्रेणीको अङ्क दिइनेछ ।