दफा ३१
नियमन गर्ने अधिकार
(१) बोर्डलाई अनुमतिपत्र प्राप्त संस्था र वस्तु विनिमय बजार मार्फत हुने कारोबारसँग सम्बन्धित पक्षको नियमन गर्ने वा गराउने पूर्ण अधिकार हुनेछ ।
(२) उपदफा (१) बमोजिम नियमन गर्ने प्रयोजनको लागि बोर्डले आवश्यक देखेका विषयमा आदेश वा निर्देशन दिन वा सूचना वा परिपत्र जारी गर्न सक्नेछ ।