दफा २८
नियमनकारी अवसर (रेगुलेटरी अपरच्यूनिटी) को दुरूपयोग गर्न नहुने
: (१) अध्यक्ष, सदस्य तथा आयोगका कर्मचारी, लेखा परीक्षक, सल्लाहकार, प्रतिनिधि वा आयोगसँग करार गरी काम गर्ने व्यक्ति, फर्म वा कम्पनीका कुनै पनि व्यक्तिले आफ्नो पदीय हैसियतमा वा आयोगको तर्फबाट कार्य सम्पादन गर्दा निजको जानकारीमा आएको कुनै गोप्य सूचना कानून बमोजिम उपलव्ध गराउनुपर्ने अवस्थामा बाहेक अन्य कुनै व्यक्तिलाई उपलव्ध गराउन वा त्यसको स्रोत खोल्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमका पदाधिकारीले पदीय हैसियतमा कार्य सम्पादन गर्दा निजको जानकारीमा आएको कुनै गोप्य सूचना निज वा निजको परिवारको कुनै सदस्यको लाभ, सुविधा, सहुलियत वा फाइदाको लागि प्रयोग गर्न वा गराउन हुँदैन ।
(३) अध्यक्ष, सदस्य तथा आयोगका कर्मचारी, लेखा परीक्षक, सल्लाहकार, प्रतिनिधि वा आयोगसँग करार गरी काम गर्ने व्यक्ति, फर्म वा कम्पनीका कुनै पनि व्यक्तिले आफ्नो पदीय हैसियतमा वा आयोगको तर्फबाट कुनै काम गर्दा आफु, आफ्नो परिवार वा अरू कसैलाई कुनै किसिमको लाभ, सुविधा, सहुलियत वा फाइदा लिन दिन हुँदैन ।
(४) कसैले उपदफा (१), (२) वा (३) को प्रतिकूल हुने गरी कुनै काम गरेमा निजले पदीय दायित्व अनुरूप काम नगरेको मानी प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।