नियम १३
नियोगमा दिइने विदा सम्बन्धी व्यवस्था
(१) नियोगमा दिइने सप्ताहान्त विदा नियोग रहेको देशको प्रचलन अनुसार मन्त्रालयलाई जानकारी गराई नियोग प्रमुखले तोके बमोजिम हुनेछ ।
(२) नियोगमा दिइने सार्वजनिक विदा नेपालमा दिइने सार्वजनिक विदा र सम्बन्धित नियोग रहेको देश तथा अन्तर्राष्ट्रिय प्रचलन अनुसार सार्वजनिक विदा दिइने दिनका आधारमा मन्त्रालयको स्वीकृति लिई नियोग प्रमुखले तोके बमोजिम हुनेछ । तर त्यसरी विदा दिँदा नेपाल सरकारले प्रत्येक वर्ष तोकेको सार्वजनिक विदाको जम्मा संख्या भन्दा बढी हुने गरी दिइने छैन ।
(३) उपनियम (२) बमोजिमको सार्वजनिक विदा लगातार चार दिनभन्दा बढी पर्न गएमा नियोग प्रमुखले नियोगको कार्य प्रकृतिको आधारमा केही समय कार्यालय खुला राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।