नियम १८
निरन्तर शिक्षा
(१) परिषद्ले ऐनको दफा १७ बमोजिम नाम दर्ता गर्ने निकायमा- दर्ता भएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको लागि, निरन्तर शिक्षाको मापदण्ड तयार गर्नेछ।

(२) नेपाल सरकार वा प्रदेश सरकारबाट मान्यता प्राप्त संस्थाबाट परिषद्ले तोकेको मापदण्ड पूरा गरेको शैक्षिक संस्थाले निरन्तर शिक्षा सञ्चालन गर्न सक्नेछ। त्यस्तो संस्थाबाट निरन्तर शिक्षा लिएको पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई परिषद्ले मान्यता दिनेछ।