नियम १६
निरीक्षकको काम, कर्तव्य र अधिकार
ऐन तथा यस नियमावलीमा अन्यत्र तोकिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा तथा अन्य वस्तुको ओसार–पसार र प्रयोग सम्बन्धमा तोकिएका शर्त तथा बन्देजको पालना भए नभएको अनुगमन गर्ने र पालना भएको नपाईएमा सोको पालना गर्न लगाउने,
(ख) शत्रुजीव मुक्त क्षेत्र, शत्रुजीव मुक्त उत्पादनस्थल तथा कम शत्रुजीव संक्रमित क्षेत्र पहिचान गर्ने कार्यमा संगठनलाई सहयोग गर्ने ।