दफा २२
निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार
: (१) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले असुरक्षित, हानिकारक वा गुणस्तरहीन वस्तुको उत्पादन वा बिक्री वितरण गरिरहेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम कारबाही भइरहेको वा हुनसक्ने मनासिब कारण भएमा त्यस्तो काम कारबाहीको सम्बन्धमा आवश्यक निरीक्षण वा जाँचबुझ गर्ने,
(ख) खण्ड (क) बमोजिम निरीक्षण वा जाँचबुझ गर्दा कुनै हानिकारक वा गुणस्तरहीन वस्तुको उत्पादन वा बिक्री वितरण भइरहेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम कारबाही भइरहेको पाएमा वा त्यस्तो काम कारबाही हुन सक्ने मनासिब आधार र कारण भएमा त्यस्तो वस्तु भण्डारण गरिएको स्थानमा खानतलासी गर्ने र त्यस्तो वस्तुको नमूना सङ्कलन गर्ने,
(ग) खण्ड (क) बमोजिम निरीक्षण वा जाँचबुझ गर्दा वा खण्ड (ख) बमोजिम खानतलासी गर्दा कुनै हानिकारक वा गुणस्तरहीन वस्तुको उत्पादन वा बिक्री वितरण भइरहेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम कारबाही भइरहेको देखिएमा तोकिएको अवधिको लागि त्यस्तो उपभोग्य वस्तुको उत्पादन वा बिक्री वितरण गर्न रोक लगाउने,
(घ) खण्ड (क), (ख) र (ग) बमोजिम गरेको काम कारबाही सम्बन्धी प्रतिवेदन सात दिनभित्र विभागमा पेश गर्ने ।
(२) यस दफा बमोजिम निरीक्षण, जा“चबुझ वा खानतलासी गर्दाका बखत निरीक्षण अधिकृतले माग गरे बमोजिमको विवरण वा अभिलेख उपलब्ध गराउनु इजाजतपत्रवाला तथा प्रत्यक्ष बिक्रेता वा वितरककोे कर्तव्य हुनेछ ।
(३) उपदफा (१) बमोजिम निरीक्षण, जा“चबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि र निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।