नियम २८
निरीक्षण गर्न सक्ने
(१) परिषद्ले संस्थाको कुनै काम कारबाहीको सम्बन्धमा आवश्यक निरीक्षण गर्न, गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम परिषद्बाट निरीक्षण गर्न आउने व्यक्तिलाई आवश्यक सहयोग गर्नु संस्थाको कर्तव्य हुनेछ ।
(३) उपनियम (१) बमोजिम निरीक्षणको सिलसिलामा परिषद्बाट खटिई आएको व्यक्तिले संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ ।