नियम ४६
निरीक्षण गर्न सक्ने
(१) आयोगले तोके बमोजिम जिम्मेवारी पूरा गरे नगरेको सम्बन्धमा आयोगले सम्बन्धित निकायको आवश्यकता अनुसार निरीक्षण गर्न गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्दा आयोगले सुम्पेको जिम्मेवारी अनुरुप काम कारवाही भएको नदेखिएमा सम्बन्धित कर्मचारीलाई विभागीय कारवाहीको लागि मन्त्रालयमा सिफारिस गर्न सक्नेछ ।