दफा १३
निरीक्षण गर्न सक्ने
(१) कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरे वा नगरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षकले आफ्नो क्षेत्राधिकारभित्रको जुनसुकै सार्वजनिक स्थलको निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्दा कसैले सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरेको नदेखिएमा निरीक्षकले त्यस्तो ठाउ“मा धूम्रपान वा सूर्ति सेवन गर्न रोक लगाउन वा यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गर्न सम्बन्धित उत्पादक वा व्यवस्थापकलाई निर्देशन दिन वा ध्यानाकर्षण गराउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम निरीक्षकले दिएको निर्देशन तथा गराएको ध्यानाकर्षणको पालना गर्नु सम्बन्धित उत्पादक वा व्यवस्थापकको कर्तव्य हुनेछ ।