दफा
निरीक्षण गर्ने, खोजतलासी गर्ने, कब्जा गर्ने, रोक्का गर्ने र हटाउने अधिकार

(१) प्रमुख जिल्ला अधिकारीले वा निजले खटाएको कुनै राजपत्राङ्कित वा घटीमा नायब निरीक्षक दर्जाका प्रहरी कर्मचारीले इजाजतपत्र अन्तर्गत कुनै विष्फोटक पदार्थ उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने वा पैठारी गर्ने काम भैरहेको कुनै ठाउँ वा बोझ बाहकमा गई निरीक्षण र जाँचबुझ गर्न र त्यहाँ रहेको कुनै विष्फोटक पदार्थको नमूना मूल्य तिरी लिन सक्नेछ ।

(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको बर्खिलाप कुनै ठाउँ वा बोझ बाहकमा कुनै विष्फोटक पदार्थ उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने वा पैठारी गर्ने काम भएको भन्ने विश्वास हुने मनासिव माफिकको कारण भएमा प्रमुख जिल्ला अधिकारी वानिजले खटाएको कुनै राजपत्राङ्कित कर्मचारीले वा घटीमा नायव निरीक्षक दर्जाका प्रहरी कर्मचारीले सो ठाउँ वा बोझ बाहकमा गई निरीक्षण र जाँचबुझ गर्न, खोज तलासी गर्न त्यस्तो विष्फोटक पदार्थ फेला परेमा त्यस उपर कब्जा गर्न र त्यसलाई रोक्का गर्न सक्नेछ ।