दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा :

(क) “विष्फोटक पदार्थ” भन्नाले विष्फोटन भई क्षति पुयाउने आई.ई.डी; टी.एन.सी. एमाटोल, बारोटोल, पेन्टोलाइट, ¥यापिड डिटोर्नेटिभ एक्स्प्लोसिभ (आर.डी.एक्स), टोर फेक्स, ब्लाष्टिक एक्स्प्लोसिभ, डाइनामाइट, बारुद, नाइट्रोग्लिसिरिन, जेलेग्नाइट, स्टेमाइट, सेल्साइट, डिटोनेटर, ब्लाष्टिक क्याप, विद्युतीय ब्लाष्टिक क्याप, प्यूज, आतिसवाजी, पटाका, गन कटन, गन पाउडर ब्लास्टिक पाउडर, पारो (मर्करी) वा अन्य कुनै धातुको फुल्यूनेट, सोही प्रकृतिका विष्फोटन हुने अन्य कुनै पदार्थ वा नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै पदार्थ सम्झनु पर्छ र सो शब्दले बम समेतलाई जनाउँछ ।

(क१) “बम” भन्नाले कुनै विष्फोटक पदार्थ वा अन्य कुनै साधन, फर्मूला, प्रक्रिया वा उपायद्वारा आफैँ वा अन्य कुनै पदार्थद्वारा विष्फोटन हुने गरी बनाइएको ग्रिनेड वा त्यस्तै प्रकृतिको अन्य विष्फोटक पदार्थयुक्त वस्तु वा पदार्थ सम्झनु पर्छ ।”

(ख) “उत्पादन” भन्नाले कुनै विष्फोटक पदार्थलाई भाग भागमा छुट्याउने वा टुक्राउने वा बनाइसकेकोलाई बिगार्ने विधि वा कुनै नोक्सानी भएको विष्फोटक पदार्थलाई काम लायक बनाउने बिधि र कुनै विष्फोटक पदार्थलाई दोहयाई बनाउने, हेरफेर गर्ने वा मरमत गर्ने विधिलाई समेत जनाउँछ ।

(ग) “बोझ बाहक” भन्नाले मोटर, गाडा, बग्गी, रिक्सा, डुङ्गा, टाँगा र पानी वा जमीन वा हवाई मार्गबाट माल वस्तु वा यात्री ओसार्ने अरु जुनसुकै सवारीको साधनलाई समेत जनाउँछ ।

(घ) “पैठारी” भन्नाले नेपाल …….. भित्र ल्याउने काम सम्झनु पर्छ ।

(ङ) “इजाजतपत्र” भन्नाले यो ऐन अन्तर्गत दिइएको इजाजतपत्र सम्झनु पर्छ ।

(च) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेका नियममा तोकिएको वा तोकिए बमोजिमको सम्झनु पर्छ ।