नियम ११
निरीक्षण गर्ने
(१) निरीक्षकले पैठारी वा निकासी हुने बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु शत्रुजीवबाट संक्रमित भएको छ छैन भनी कन्साइनमेन्टमा रहेको वस्तु, त्यस्ता वस्तु रहेको झोला, पोका वा प्याकेट वा त्यसका लागि प्रयोग भएका वस्तु, त्यस्तो वस्तु राखिएको कन्टेनर तथा ढुवानीको साधनको निरीक्षण गर्नु पर्नेछ ।
"(१क) ऐनको दफा १५ को उपदफा (१) को खण्ड (ख१) बमोजिम निरीक्षकले निकासी वा पैठारी हुने काठका सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लोगो र प्रमाणीकरण भए नभएको सम्बन्धमा सुनिश्चित गर्दा देहायको आधारमा गर्नु पर्नेछ:-
(क) त्यस्तो सामग्रीको सम्बन्धमा ई-फाइटो प्रणालीद्वारा अनुसूची-११ बमोजिम बिरुवा स्वस्थता प्रमाणपत्र जारी भए नभएको,
(ख) कन्साइनमेन्टलाई . प्याकेजिङ्ग गर्ने काठको सामग्रीमा अनुसूची-१५क.: : बमोजिमको उपचार विधिबाट उपचार गरिए नगरिएको र अनुसूची- १५ख.:बमोजिमको लोगो लागे नलागेको | "
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्दा निरीक्षकले निरीक्षण गरिने वस्तुमा माटो, बिरुवाका अवशेष वा झारपात वा जीवित कीरा भएको वा कुनै रोगका लक्षणहरु देखिएमा वा त्यस्तो रोग लागेको शङ्का हुने कुनै वस्तु देखिएमा सोको उपचार गर्न वा गराउन आदेश दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम निरीक्षण गर्दा निरीक्षण गरिने वस्तुमा उपनियम (२) बमोजिमका कुराहरु फेला नपरेमा वा कुनै रोग लागेको वा रोगको लक्षणहरु भएको नदेखिएमा त्यसरी ल्याइएको कन्साइनमेन्टमा रहेको वस्तुको आवश्यक नमूना लिई परीक्षणका लागि प्रयोगशालामा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम लिईएको नमूनाको प्रयोगशाला परीक्षणबाट स्वस्थ रहेको प्रतिवेदन प्राप्त भएमा त्यस्ता कन्साइनमेन्ट निकासी वा पैठारीका लागि छोडपूर्जी दिन पेश गर्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम लिईएको नमूनाको प्रयोगशालामा परीक्षण गर्दा परीक्षण गरिएको वस्तुको स्वस्थतामा शङ्का लागेमा पुन परीक्षणको लागि थप सुविधासम्पन्न प्रयोगशालामा पठाउनु पर्नेछ । यसरी पुन परीक्षण गर्न पठाइएकोमा सोको प्रयोगशाला प्रतिवेदन प्राप्त नभएसम्म कार्यालयले त्यस्तो कन्साइनमेन्ट क्वारेन्टाइन स्थलमा नै राख्न लगाउनु पर्नेछ ।
(६) उपनियम (३) वा (५) बमोजिम परीक्षण गर्न पठाईएको वस्तुको प्रयोगशाला प्रतिवेदनमा अस्वस्थ रहेको कुरा लेखी आएमा सो व्यहोरा संगठनमा जानकारी गराई संगठनको निर्देशन अनुसार नियम १३ बमोजिम उपचार गर्ने वा नियम १५ बमोजिम नष्ट गर्ने वा त्यस्तो वस्तु सम्बन्धित देशमा फिर्ता पठाउन आदेश दिनु पर्नेछ ।