नियम ११
निरीक्षण गर्ने

(१) मन्त्रालयले हेरचाह केन्द्र, दिवा सेवा केन्द्र र सेवा केन्द्रको जहिलेसुकै निरीक्षण गर्न वा गराउन सक्नेछ।
(२) केन्द्रीय ज्येष्ठ नागरिक समितिले नेपाल सरकारले स्थापना र सञ्चालन गरेका हेरचाह केन्द्र, दिवा सेवा केन्द्र र सेवा केन्द्रको वर्षको कम्तीमा एक पटक निरीक्षण गरी सोको प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्नु पर्नेछ।
(२क) स्थानीय ज्येष्ठ नागरिक समितिले स्थानीय तह वा कुनै व्यक्ति वा प्रचलित कानून बमोजिम गठन भएको सङ्घ, संस्थाले स्थापना र सञ्चालन गरेको हेरचाह केन्द्र, दिवा सेवा केन्द्र र सेवा केन्द्रको वर्षको कम्तीमा एक पटक निरीक्षण गरी सोको प्रतिवेदन स्थानीय तह समक्ष पेस गर्नु पर्नेछ।

(२ख) उपनियम (२) वा (२क) बमोजिम निरीक्षण गर्दा अन्य कुराको अतिरिक्त ऐन, यस नियमावली वा प्रचलित कानून विपरीत कुनै काम कारबाही भएको पाइएमा सो समेत निरीक्षण प्रतिवेदनमा खुलाउनु पर्नेछ। (३) यस नियम बमोजिम निरीक्षण गर्ने अधिकारीले हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रले यस नियमावलीमा तोकिएका पूर्वाधार र सुविधाको व्यवस्था गरेको नपाएमा वा कुनै अनियमितता भएको देखेमा पूर्वाधार र सुविधाको व्यवस्था गर्न, सुधार गर्न र अनियमितता हटाउन समय तोकी आवश्यक निर्देशन दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित हेरचार केन्द्र वा दिवा सेवा केन्द्रको सञ्चालकको कर्तव्य हुनेछ ।