नियम २१
निरीक्षण तथा जाँचवुझ

(१) समितिले आवश्यकतानुसार जुनसुकै वखत बोर्डको केन्द्रिय तथा शाखा, उपशाखा कार्यालयहरुको निरिक्षण तथा जाँचवुझ गर्न गराउन सक्नेछ ।
(२) उपनियम (१) वमोजिम निरीक्षण तथा जाँचवुझको सिलसिलामा समितिले कैफियत देखिएका कुराहरु सुधार गर्नको लागि कार्यकारी प्रमुखलार्य लिखित रुपमा आदेश दिनु पर्नेछ । यसरी दिइएको आदेशको पालना गर्नु कार्यकारी प्रमुखको कर्तव्य हुनेछ ।