दफा १७
निरीक्षण प्रतिवेदन
(१) दफा १५ बमोजिम निरीक्षण गर्ने कर्मचारीले कुनै प्रतिष्ठानमा यस ऐन विपरीत बालकलाई काममा लगाइएको वा काममा लगाइएका बालकको स्वास्थ्य र सुरक्षाको लागि गर्नु पर्ने व्यवस्था लगायत यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नु पर्ने अन्य सबै व्यवस्थाहरु गरेको छ वा छैन यथार्थ विवरण खुलाई निरीक्षण समाप्त भएको मितिले पन्ध्र दिनभित्र श्रम कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ । यसरी खटिएको कर्मचारीले यस दफा बमोजिमको आदेश अनुरुपको कार्य गरे नगरेको तथा दिइएको प्रतिवेदन यथार्थ भए नभएको सम्बन्धमा श्रम कार्यालयले तोकिए बमोजिम जाँच गर्न सक्नेछ र अन्यथा देखिएमा कानून बमोजिम कारबाही हुनेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको प्रतिवेदन अनुसार कुनै प्रतिष्ठानमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नु पर्ने कुनै व्यवस्था नगरेको पाइएमा
श्रम कार्यालयले यथाशीघ्र त्यस्तो व्यवस्था गर्न मनासिब म्याद तोकी व्यवस्थापकलाई आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिम श्रम कार्यालयले दिएको म्यादिभित्र व्यवस्थापकले आदेश बमोजिमको व्यवस्था मिलाउनु पर्नेछ ।
১