दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “बालक” भन्नाले अठार वर्ष उमेर पूरा नगरेको बालबालिका सम्झनु पर्छ ।यो ऐन संवत्२०६५ साल जेठ १५ गतेदेखि लागू भएको ।
(ख) “प्रतिष्ठान” भन्नाले कुनै उद्योग, व्यवसाय वा सेवा संचालन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापित कुनै कल कारखाना, संगठन, संस्था, फर्म,
कम्पनी वा तिनीहरुको समूह सम्झनु पर्छ ।
(ग) “व्यवस्थापक” भन्नाले कुनै प्रतिष्ठानको क्रियाकलापमा अन्तिम निर्णय लिने व्यक्ति सम्झनु पर्छ र सो शब्दले अन्तिम जिम्मेवारी वा अधिकार प्रयोग गर्न
पाउने गरी प्रतिष्ठानको कुनै भाग वा इकाईको प्रमुख पदमा नियुक्त भएको व्यक्ति समेतलाई जनाउँछ ।
(घ) “दिन” भन्नाले मध्यरातबाट शुरु हुने चौबीस घण्टाको अवधि सम्झनु पर्छ ।
(ङ) “सप्ताह” भन्नाले शनिवारको मध्यरात वा श्रम विभागले तोकेको अरु कुनै दिनको मध्यरातदेखि शुरु हुने सात दिनको अवधि सम्झनु पर्छ ।
(च) “चिकित्सक” भन्नाले श्रम विभागले तोकिदिएको चिकित्सक सम्झनु पर्छ ।
(छ) “योग्यताको प्रमाणपत्र” भन्नाले दफा ७ को उपदफा (४) बमोजिम दिइएको प्रमाणपत्र सम्झनु पर्छ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।