दफा ९५
निर्णण वा आदेश कार्यान्वयन सम्बन्धी व्यवस्था


(१) प्राधिकरणले आफू समक्ष परेको उजुरीको छ महिनाभित्र निर्णय गरी सक्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निर्णय भएको पन्ध्र दिनभित्र अनुसूची-१७ बमोजिमको ढाँचामा निर्णय वा आदेश तयार गर्नु पर्नेछ रत्यसरी तयार भएको निर्णय वा आदेश कार्यान्वयनका लागि प्राधिकरणले सात दिनभित्र सम्बन्धित पक्षलाई लेखी पठाउनु पर्नेछ।

(३) ऐनको दफा १२८ को उपदफा (५) वा दफा १२९ को उपदफा (५) बमोजिम पुनरावेदन परी निर्णय अन्तिम भएको अवस्थामा कुनै पक्षले प्राधिकरणमा निर्णय कार्यान्वयनका लागि निवेदन दिन सक्नेछ।

(४) उपनियम (२) बमोजिमको निर्णयको कार्यान्वयन गर्न प्राधिकरणले सम्बन्धित पक्षलाई लेखी पठाउनु पर्नेछ।