दफा १२
निर्णय कार्यान्वयन, प्रमाणित तथा बरबुझारथ

(१) समितिबाट तयार भएको निर्णय, माइन्यूट,  नक्सा,  फिल्डबुक र निर्णय मिसिल लगायत अन्य कागजात जिम्मा लिने, सम्बन्धित निकायमा बुझाउने र प्रमाणित गर्ने कार्य समितिको सदस्य-सचिवको हुनेछ ।

(२) समितिबाट नाप नक्सा गराई समितिको निर्णय अनुसार जग्गाधनी दर्ता श्रेस्ता तथा जग्गाधनी दर्ता प्रमाणपुर्जा तयार गर्ने तथा सम्बन्धित जग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा उपलब्ध गराउने काम मालपोत कार्यालय, मुस्ताङ्गले    गर्नेछ ।

(3) समितिको सदस्य-सचिवले समितिबाट तयार भएको नक्सा र फिल्डबुक नापी कार्यालय मुस्ताङ्गमा, माइन्यूट, श्रेस्ता तथा अन्य कागजातहरु समितिको कार्य सम्पन्न भएपछि मालपोत कार्यालय, मुस्ताङ्गमा र जिन्सी सामानहरु नापी कार्यालय, मुस्ताङ्गमा बुझाउनु पर्नेछ ।