दफा १६
निर्णय गर्दा पारदर्शिता कायम गर्नु पर्ने
(१) यस ऐन वा अन्य प्रचलित कानूनबमोजिम निर्णय गर्नपाउने अधिकारीले कुनै विषयमा निर्णय गर्दा पारदर्शी ढङ्गबाटगर्नु पर्नेछ ।स्पष्टीकरणः यस ऐनको प्रयोजनको लागि “पारदर्शिता” भन्नाले निश्चितमापदण्डको आधारमा निर्णय गर्नु पर्ने प्रक्रिया सम्झनु पर्छ र सो शब्दले प्रचलितकानून बमोजिम गोप्य राख्नु पर्ने कुरालाई प्रतिकूल असर पार्ने छैन ।
(२) उपदफा(१) बमोजिम पारदर्शिता कायम गर्न निर्णय गर्ने अधिकारीले निर्णयगर्नु पर्ने विषयमा आफ्ना मातहतका कर्मचारीको राय तथा परामर्शलाई ध्यान दिनसक्नेछ ।
(३) निर्णय गर्नु पर्ने विषयको कारबाही एक तहबाट प्रारम्भ भई अर्को तहबाटनिर्णय गर्नु पर्ने रहेछ भने प्रत्येक तहमा संलग्न रहने पदाधिकारीले सो विषयमाआफ्नो स्पष्ट राय ठहर सहित निर्णय गर्नु पर्ने विषय निर्णय गर्ने अधिकारी समक्षपेश गर्नुपर्नेछ ।
(४) उपदफा (३) बमोजिम निर्णय गर्ने प्रक्रियामा संलग्न रहेका प्रत्येक तहकापदाधिकारीले पेश गरेको रायमा कुनै प्रश्न उठेको देखिएमा निर्णय गर्ने अधिकारीलेनिर्णय गर्दा त्यस्तो प्रश्नको पनि सम्बोधन गर्नु पर्नेछ ।
(५) कुनै निर्णय गर्दा कानूनी वा प्राविधिक प्रश्नको पनि निरुपण गनर्ु पर्ने रहेछ रत्यस्तो विषयमा कुनै कानूनविज्ञ वा प्राविधिकको राय लिन निर्णय गर्ने अधिकारीलेमनासिब ठानेमा त्यस्तो राय लिन सक्नेछ ।
(६) उपदफा (५) बमोजिम राय लिएकोमा त्यस्तो रायलाई समेत आधार मानीनिर्णय गर्न सकिनेछ र त्यस्तो रायलाई मान्नु नपर्ने देखेमा सोको कारण खुलाईनिर्णय गर्नु पर्नेछ ।
(७) पारदर्शिता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।