दफा ४६
निर्णय गर्नु पर्ने
(१) आयोगले यस परिच्छेद बमोजिम सुनुवाई गरी निर्णय गर्दा दफा ४४ बमोजिम लिखित जवाफ पेश भएकोमा लिखित जवाफ पेश भएको मितिबाट र जवाफ पेश नभएकोमा पेश गर्ने अवधि नाघेको मितिबाट पैँतालीस दिनभित्र निर्णय गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आयोगले गरेको निर्णय अन्तिम हुनेछ ।