नियम २६
निर्णयको अभिलेख हेर्न सक्ने व्यवस्था मिलाउने
(१) मन्त्रिपरिषद्को सचिवले मन्त्रिपरिषद्को बैठकबाट भएको निर्णयको .अभिलेख क्याबिनेट स्वचालित प्रणालीमार्फत प्रविष्ट गरी मन्त्रीहरूले हेर्नसक्ने व्यवस्था मिलाउनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रधानमन्त्रीको निर्देशनमा मन्त्रिपरिषद्को कुनै बैठकको केही वा सम्पूर्ण निर्णयको अभिलेख क्याबिनेट स्वचालित प्रणालीमा प्रविष्ट नगर्न सकिनेछ ।