नियम ५०
निर्णयको कार्यान्वयन
: (१) कर्जा असुली न्यायाधिकरणले नियम ४७ बमोजिम निर्णय सुनाइसकेपछि सो निर्णयउपर पुनरावेदन परेकोमा उच्च अदालतबाट फैसला प्राप्त भएपछि र पुनरावेदन नपरेकोमा पुनरावेदन दिने म्याद गुज्रेपछि निर्णय कार्यान्वयन गर्न कर्जा असुली अधिकृतको नाममा आदेश जारी गर्नु पर्नेछ ।

(२) कर्जा असुली न्यायाधिकरणले उपनियम (१) बमोजिम आदेश जारी गर्दा निर्णयको कार्यान्वयन गर्ने अवधिसमेत-तोकिदिन सक्नेछ ।