दफा
निर्देशक समितिको काम, कत्तब्य र अधिकार

निर्देशक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) कार्यकारी समितिले तयार गरेको पुनर्निमार्ण सम्बन्धी नीति तथा योजना स्वीकृत गर्ने,
(ख) पुनर्निर्माण सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यकारी समितिलाई निर्देशन दिने,
(ग) प्राधिकरणको बजेट स्वीकृत गर्ने,
(घ) प्राधिकरणको सांगठनिक संरचना स्वीकृत गर्ने ।