(१) प्राधिकरणको केन्द्रीय निकायको रुपमा कार्य गर्न एक निर्देशक समिति
रहनेछ ।
(२) निर्देशक समितिको गठन देहाय बमोजिम हुनेछ –
(क) प्रधानमन्त्री – अध्यक्ष
“(ख) प्रतिनिधि सभाको प्रमुख विपक्षी दलको नेता वा निजले तोकेको उपनेता -उपाध्यक्ष”
नेता वा निजले तोकेको उपनेता, व्यवस्थापिका –संसदको सदस्य रहेको पूर्व प्रधानमन्त्री, पूर्व
सभामुख, पूर्व उपप्रधानमन्त्री वा संवैधानिक परिषद्को पूर्व सदस्यमध्येबाट एकजना – उपाध्यक्ष
(ग) प्रधानमन्त्रीले तोकेकादुई जना मन्त्री – सदस्य
(घ) प्रमुख कार्यकारी अधिकृत – सदस्य
(ङ) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष – सदस्य
(च) नेपाल सरकारको मुख्य सचिव – सदस्य
(छ) पूर्वाधार विकास तथा इन्जिनियरिङ्ग, कानूनअर्थशात्र, ब्यवस्थापन,भूगोल,भूगर्भशास्त्र ,
पुरातत्व वा विकास योजना बिषयमा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाटस्नातकोत्तर गरी राष्ट्रिय, अन्तराष्ट्रियक्षेत्रकापरियोजना लगायत सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेका विज्ञमध्येबाट समावेशी सिद्धान्तको आधारमा नेपाल सरकारले मनोनित गरेका तीन जना – सदस्य
(ज) सचिव – सदस्य सचिव
(३) उपदफा (२) को खण्ड (६) बमोजिमका सदस्यहरु नेपाल सरकारले चाहेको अवधिसम्म आफ्नो पदमा बहाल रहनेछन् । कुनै कारणले निजहरुलाई सो पदबाट हटाउनु परेमा त्यसरी हटाउनु अघि निजहरुलाई सफाई पेश गने मौका दिनुपर्नेछ ।
(४) उपदफा (२) को खण्ड (छ) बामोजिमका सदस्यहरुको सुविधा नेपाल सरकारलेतोके बामोजिम हुनेछ ।